नेपालका लागि अमेरिका राजदूत र्यान्डी डब्लु बेरीले बेलायती राजदूत रिचार्ड मोरिससँग राखेको बाजी हारेका छन्। बेरीले जापानमा जारी रग्बी विश्वकपको इग्ल्यान्ड र अमेरिकाबीचको खेलमा मोरिससँग मः मः र बाराको बाजी राखेका थिए।
जापानको कोबोस्थित कोबो मिसाकी स्टेडियममा बिहीबार राति भएको खेलमा इग्ल्यान्डले अमेरिकालाई ३५–७ गोलले हराएको हो। अमेरिकाले खेल हारेसँगै राजदूत बेरीले बाजी हारेका हुन्। उनले वेलायती राजदूतलाई म:म: र बारा दिँदै गरेको तस्विर ट्विटरबाट सार्वजनिक गरेका छन्।
— Ambassador Randy Berry (@USAmbNepal) September 26, 2019Time to pay up…..here are Buff Momos & Bara, UK Amb @Richard_Nepal! @USARugby lost to England at the 2019 Rugby World Cup today but went down fighting. Thank you, Ambassador Saigo for offering his service as a referee! Well played Eagles, congrats England! #USAVENG #EaglesUnited pic.twitter.com/X3sJIFmcKL
यसअघि मंगलबार अमेरिकी राजदूत बेरीले इल्यान्डलाई अमेरिकाले हराउने दाबी गर्दै बाजी प्रस्ताव गरेका थिए। बेलायती राजदूतले बाजी स्वीकार गर्दै हार्नेले कोथे बफ मःमःको पैसा तिर्नुपर्ने पर्ने बताएका थिए।
एक पटक विश्व च्याम्पियन भइरहेको इग्ल्यान्ड रग्बीको बरियतामा तेस्रो स्थानमा रहेको छ। अमेरिका १३ औं स्थानमा रहेको छ।
बिहीबारको जीतसँगै इग्ल्यान्डले दुई खेलबाट बोनससहित १० अंक बटुलेको छ। पहिलो खेलमा पराजित अमेरिकाको शुन्य अंक छ। सो समूहमा अन्य टोली अर्जेन्टिना, फ्रान्स, टोगा रहेका छन्। सेप्टेम्बर २० देखि शुरु भएको विश्वकपको फाइनल नोभेम्बर २ मा हुनेछ।
प्रतिक्रिया