ad ad

समाज


आजदेखि दसैँका नयाँ नोट बजारमा, यी हुन् सटही केन्द्र

आजदेखि दसैँका नयाँ नोट बजारमा, यी हुन् सटही केन्द्र

नेपालखबर
असोज १०, २०७६ शुक्रबार ४:८,

शुक्रबारदेखि सर्वसाधारणले दसैँका लागि नयाँ नोट साट्न पाउने भएका छन्।

दसैँलाई लक्षित गरेर नेपाल राष्ट्र बैंकले साना दरका नयाँ सुकिला नोट बजारमा पठाएको हो।

दसैँमा नयाँ नोटको माग उच्च हुने भएकाले आजदेखि विभिन्न बैंक तथा वित्तीय संस्थामार्फत् सटहीको सुविधा उपलब्ध हुने नेपाल राष्ट्र बैंकले जनाएको छ।

केन्द्रीय बैंकले आफ्नै मुद्रा व्यवस्थापन विभाग, बालुवाटार र विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी कार्यलयमा नयाँ नोट उपलब्ध हुने जनाएको छ।

त्यसैगरी राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकका काठमाडौँ उपत्यकाका विभिन्न शाखाबाट पनि नयाँ नोट साट्न पाइने छ।

बैंकले पाँच, दश, २०, ५० र १०० दरका एक–एक पकेट गरी प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँसम्म नयाँ नोट सटही सुविधा उपलब्ध गराउने जनाएको छ।

यी हुन् नयाँ नोट साट्न पाइने ठाउँ
नेपाल बैंकको नयाँ सडक, कीर्तिपुर, महाराजगञ्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखामा नयाँ नोट उपलब्ध हुनेछ।

त्यसैगरी राष्ट्रिय वाणिज्य बैंकको सिंहदरबार शाखा, टेकु, नयाँ बानेश्वर, सानोथिमि, विशालबजार, नक्साल, बालाजु, लुभु, टोखा लगायतका शाखाबाट पनि नयाँ नोट साट्न पाइने छ।

कृषि विकास बैंकको गौशाला, गठ्ठाघर, रामशाहपथ, रत्नपार्क, थानकोट र पुल्चोक शाखाबाट नयाँ नोट दिने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ।

अन्य वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट पनि सुकिलो तथा सीमितमात्रामा नयाँ नोट सटहीका लागि उपलब्ध गराइएको राष्ट्र बैँकले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .