१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत स्याङ्जाले एक व्यक्तिलाई १४ वर्ष कैद सजायको फैसला गरेको छ।
विरुवा गाउँपालिका-२ का खड्कबहादुर रानालाई बलात्कारको कसुरमा न्यायाधीश रमानाथ पौड्यालको इजलासले १४ वर्ष कैद सजाय सुनाएको हो।
अदालतले पीडित बालिकालाई एक लाख क्षतिपूर्तिसमेत भराउन फैसला गरेको श्रेस्तेदार नन्दप्रसाद अचार्यले जानकारी दिए।
रानाले २०७५ भदौ २० गते बलात्कार गरेको भनी बालिकाका आफन्तले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए।
उजुरीका आधारमा आरोपित रानालाई प्रहरीले सोही दिन गिरफ्तार गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो।
बालिकाको २०७५ भदौ २२ गते जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गर्दा बलात्कारको पुष्टी भएको थियो।
प्रतिक्रिया