मोरङको लेटाङस्थित चिसागं भ्याली क्लबको नेतृत्वमा डेंगू सचेतनासम्बन्धी कार्यक्रम सम्पन्न भएको छ।
भाद्र ३१ गते जाँते बजारबाट सुरु भएको कार्यक्रम असोज ४ गते लेटाङ बजारमा कार्यक्रम गरी समापन भएको हो। उक्त सचेतना कार्यक्रम लेटाङ दीर्घायु हस्पिटलका डा. सुमन तामाङ, लेटाङ हेल्थपोस्टका डा. अनुपम कोइराला, माइक्रोबाइलोजिस्ट रोषन पौडेलले सहजीकरण गरेका थिए।
कार्यक्रम लेटाङ नगरपालिकाको आर्थिक सहयोगमा भएको हो। कार्यक्रमबाट करिब २००० सर्वसाधरण नागरिक लाभान्वित भएका छन्।
3
Shares
प्रतिक्रिया