ad ad

समाज


डा. सन्दुक रुईत ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार’ बाट सम्मानित

डा. सन्दुक रुईत ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार’ बाट सम्मानित

नेपालखबर
असोज ५, २०७६ आइतबार ९:१४,

राष्ट्रपति विद्या भण्डारीले बरिष्ठ आँखा विशेषज्ञ डा. सन्दुक रुईतलाई ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार’ बाट सम्मानित गरेकी छन्।

आँखाको अनुसन्धानमा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत ख्याती कमाएका वरिष्ठ चिकित्सक रुईतलाई आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा ५ लाख नगदसहित सो पुरस्कार प्रदान गरिएको हो। कार्यक्रममा राष्ट्रपति भण्डारीले युवा वैज्ञानिकद्धय रति मियाँ र विकल्प ढुंगानालाई पनि जनही नगद २ लाख ५० हजारसहितको ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा अनुदान सहायता’ पुरस्कार प्रदान गरेकी छन्।
सो अवसरमा राष्ट्रपति भण्डारीले ‘समृद्ध नेपालः सुःखी नेपाली’ को राष्ट्रिय आकांक्षालाई हासिल हुने गरी बैज्ञानिक खोज तथा अनुसन्धानका माध्यामबाट प्राप्त ज्ञान तथा नविनतम प्रविधिको प्रयोगमा जोड दिन सरकारलाई आग्रह गरिन्।

राष्ट्रपति भण्डारीले अध्ययन र अनुसन्धानको क्षेत्रमा प्राज्ञिक तथा शिक्षण संस्थाहरुलाई थप प्रोत्साहन हुने गरी प्रतिभा विकास, पहिचान र उजागर हुने गरी राज्यका सबै निकायको ध्यान पुग्ने विश्वास पनि व्यक्त गरिन्। उनले सरकारले विज्ञान, प्रविधि र अनुसन्धानको क्षेत्रमा प्रोत्साहन हुने गरी राष्ट्रिय पुररस्कारहरु स्थापना गर्दै गएकोमा खुसी पनि व्यक्त गरिन्। राष्ट्रपति भण्डारीले नेपाल परापूर्व कालदेखिनै खोज, अनुसन्धानको थलोको रुपमा रहेको स्मरण गराउँदै त्यस्ता खालको ज्ञान र विज्ञानको विकास गर्न सम्वद्ध निकायहरु उत्तिकै अग्रसर हुनुपर्नेमा पनि जोड दिइन्।

कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले खोज तथा अनुसन्धानको क्षेत्रको विकासका लागि प्रोत्साहन गर्न सरकारले सो पुरस्कारको पनि व्यवस्था गरेको बताउनु भयो । उहाँले सरकारले कृषि क्षेत्रको विकासका लागि पनि वैज्ञानिक अध्ययन र अनुसन्धानको कामलाई उच्च प्राथमिकता दिएको पनि स्मरण गराए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .