ad ad

समाज


काठमाडौंमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौंमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नेपालखबर
असोज १, २०७६ बुधबार १४:३६,

काठमाडौँ महानगरपालिका–१५ मा यात्रुवाहक बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

स्वयम्भूको अन्नपूर्ण चोकमा बा३ख १८३३ नंको यात्रुवाहक बसले ठक्कर दिँदा बा९८प २७१५ नंका चालक सानोभ-याङ निवासी २० वर्षीय सम्मान भट्टको मङ्गलबार राति मृत्यु भएको हो।

महानगरीय प्रहरी वृत्त स्वयम्भूका प्रमुख, प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले दुर्घटनामा गम्भीर घाइते भट्टको वनस्थली ढुङ्गेधारामा रहेको साइबाबा अस्पतालमा उपचारका क्रममा निधन भएको जानकारी दिए।

दुर्घटनामा संलग्न बसका चालक नुवाकोट तारकेश्वरका खडानन्द अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको सुवेदीले बताए। मृतकको शवपरीक्षणका लागि त्रिभुवन शिक्षण अस्पताल महाराजगन्ज पठाइएको वृत्तले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .