ad ad

समाज


गुठी विधेयक विरुद्ध पोखरामा पनि आन्दोलन

गुठी विधेयक विरुद्ध पोखरामा पनि आन्दोलन

वाशुदेव मिश्र
असार २, २०७६ सोमबार १०:५३,

उपत्यकामा चर्किँदै गइरहेको गुठी विधेयकविरुद्धको आन्दोलन उपत्यकाबाहिर पनि सुरु भएको छ।

सोमबार विधेयकको विरुद्धमा पोखरामा करिब ५५ वटा गुठीसँग आवद्ध संघ÷संस्थाका प्रतिनिधिहरु सडकमा निस्केर बिरोध जनाए। पोखराको चिप्लेढुंगाबाट सुरु भएको मौन ¥यालीपछि उनीहरुले कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढामार्फत विधेयक फिर्ताको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र पनि पठाए।

ज्ञापनपत्रमा यहाँको प्रसिद्ध धार्मिक पीठसँग आवद्ध विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिदेखि, भैरव, गणेश गुठी, धर्म संघ बुद्धबिहारजस्ता गुठीदेखि जातीय रुपले संगठित संघ÷संस्थाहरु तमु धिँ नेपाल, तमु प्लेल्हु संघ, ब्राह्मण समाज, क्षेत्री समाज, नेवाःखलः मुस्लिम समाज, थकाली समाज, ताङ्वे समाज, मगर समाजलगायतका मठ मन्दिर, गुम्बा, बिहार, मस्जिदसँग जोडिएका संघ÷संस्थाहरु रहेका छन्।

 बिरोध कार्यक्रमका अगुवा विश्वशंकर पालिखेले बुझाएको ज्ञापनपत्रमा गुठी भूमि व्यवस्थापनसँग एकल सरोकार राख्ने विषय मात्र नभएर संस्कृति र परम्परासँग जोडिएको विषय भएकोमा जोड दिँदै विधेयकले मूल पक्ष रहेको संस्कृतिलाई पूर्ण उपेक्षा गरेको दाबी गरिरएको छ। ज्ञापनपत्रमा विधेयकमार्फत नेपाल सरकारले धर्म, संस्कृति र परम्परामाथि हमला गर्न खोजेको जिकिर पनि गरिएको छ।

विधेयक फिर्ता नलिए कडा आन्दोलन गर्ने चेतावनी पनि ज्ञापनपत्रमार्फत दिइएको छ।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .