यो मूल्य वृद्धि गएको चार महिनायता सबैभन्दा उच्च भएको बीबीसीले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा सोमबार कारोबारको सुरुवातमा कच्चा तेलको मूल्य १९ प्रतिशतले बढेर एक ब्यारेल कच्चा तेलको मूल्य ७१.९५ डलर पुगेको जनाइएको छ।
अमेरिकाले आपत्कालिन भण्डारणबाट कच्चा तेल निकालेको छ। यसले अमेरिकी बजारमा तेलको मागलाई व्यवस्थापन गर्ने अमेरिकी अधिकारीहरुको भनाइ छ।
आक्रमणको जिम्मा इरान निकट यमनका विद्रोही हुथी समूहले लिएको छ। हुथी विद्रोहीका प्रवक्ताले १० वटा ड्रोनबाट आक्रमण गरेको दाबी गरेको छ।
यद्यपी यस आक्रमण इरानले नै गरेको अमेरिकाको आरोप रहेको छ। हाल इरान र अमेरिकाबीच तनाव जारी छ।
साउदी अरबले सरकारी स्वामित्वका दुईवटा प्रमुख तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण गरिएपछि तेल र ग्यास उत्पादनमा कटौती नै गरेको हो।
साउदीका ऊर्जामन्त्री राजकुमार अब्दुल अजिज बिन सलमानका अनुसार आक्रमणका कारण कच्चा तेल उत्पादनमा प्रतिदिन ५७ लाख ब्यारेल कमी आएको छ।
तेल उत्पादनमा कटौती भएपछि तेलको मूल्य बढेको जनाइएको छ। आरामको कम्पनीको तेल प्रशोधन केन्द्रहरु सामान्य बन्न केही समय लाग्ने जनाइएको छ।
त्यसपछि मात्र तेलको उत्पादन र मूल्य सामान्य स्थानमा झर्नेछ।
प्रतिक्रिया