ad ad

समाज


सत्तारुढ दलको युवा संगठनद्वारा शाहीलाई कास्की प्रवेशमा प्रतिबन्ध

सत्तारुढ दलको युवा संगठनद्वारा शाहीलाई कास्की प्रवेशमा प्रतिबन्ध

नेपालखबर
भदौ ३०, २०७६ सोमबार ५:२७,

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कास्की जिल्ला राष्ट्रिय युवा संघले पर्यटनमन्त्री योगेश भट्टराईलाई बुद्ध एयरको उडानमा प्रश्न गर्ने ज्ञानेन्द्रबहादुर शाहीलाई जिल्ला प्रवेशमा रोक लगाउने निर्णय गरेको छ।

साविकको वाइसिएल तथा युवा संघका अध्यक्षद्वयले संयुक्त विज्ञप्ति जारी गर्दै ‘गणतान्त्रिक भूमि’मा प्रवेश निषेध गरेको जनाएका हुन्। आइतबार जारी गरिएको विज्ञप्तिमा भोजराज पाैडेल र डिल्लीराम सुवेदीले हस्ताक्षर गरेका छन्।

शाही गणतन्त्र बिरोधी भएको व्याख्या उनीहरूको छ। ‘यस्ता गलत अभियानमा संलग्न ज्ञानेन्द्रबहादुर शाहीजस्ता कुपात्रहरुलाई गणतान्त्रिक भूमि कास्कीमा प्रवेश निषेध गर्ने जानकारी गराउँदै आम न्यायप्रेमी जनसमुदायमा विधिको शासन, पछिल्लो परिवर्तन तथा उपलब्धिको पक्षमा दृढतापूर्वक उभिन अपिल गर्दछौं’, विज्ञप्तिमा भनिएको छ।

हेर्नुहोस् विज्ञप्ति:

press release kaski

पर्यटनमन्त्रीलाई प्रश्न गर्ने शाही हाल ललितपुर प्रहरी हिरासतमा छन्। आइतबार दिउँसो प्रहरी उपस्थितिमा पुल्चोकमा पत्रकार सम्मेलन भइरहँदा नेकपाको विद्यार्थी समूहले उनीमाथि हातपात गरेको थियो। त्यसपछि प्रहरीले उनलाई ‘सुरक्षाका लागि’ भन्दै नियन्त्रणमा लिएको थियो। साँझ मुक्त गरे पनि राति प्रहरीले उनलाई पुनः पक्राउ गरिएको थियो।

नेपालगञ्जबाट काठमाडौं आउने बुद्ध एयरको उडान मन्त्री भट्टराईलाई पर्खिंदा सर्वसाधारण यात्रु  मर्कामा परेपछि शाहीसहितको समूहले बिरोध जनाएको थियो। उनीहरुले मन्त्री भट्टराईलाई विमानभित्रै प्रश्न सोधेको थिए। त्यसको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि मन्त्री भट्टराईको आलोचना भएको थियो।

प्रकरणबारे विज्ञप्ति जारी गर्दै मन्त्री भट्टराईले ‘गणतन्त्रविरोधीहरुको दुर्व्यवहार’को संज्ञा दिएका थिए। समूहले आफूलाई पारसविरुद्ध सात लाख हस्ताक्षर बुझाउने व्यक्तिको रुपमा अभद्र व्यवहार गरेको उनले दाबी गरेका थिए। भिडियोमा भने त्यस्तै कहीँ सुनिँदैन।

यही प्रकरण तन्किँदै जाँदा युवा संघ कास्कीले विज्ञप्ति जारी गर्दै संविधान प्रदत्त अधिकार हनन् हुने गरी शाहीलाई कास्की प्रवेशमा रोक लगाउने निर्णय गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .