ad ad

समाज


बारा खुला दिसामुक्त घोषणा

बारा खुला दिसामुक्त घोषणा

नेपालखबर
भदौ २७, २०७६ शुक्रबार १५:०,

प्रदेश नं २ का भौतिक पूर्वाधारमन्त्री जीतेन्द्र सोनलले प्रदेशलाई पूर्ण सरसफाइ गर्ने उद्देश्यका साथ प्रदेश सरकारले काम गरिरहेको बताएका छन्।

बारालाई आज खुला दिसामुतm भएको घोषणा गर्दै उनले ‘मुख्यमन्त्री स्वच्छता अभियान’लाई सार्थक बनाउन प्रदेश सरकार लागिपरेको बताए।

प्रदेश सरकार विकास र समृद्धिको दिशातर्फ अघि बढिरहेको मन्त्री सोनलले बताए। कार्यक्रममा प्रदेशसभा सदस्य मोहम्द समिर, प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेल, कलैया उपमहानगरपालिकाका प्रमुख राजेश राय यादव, जीतपुर सिमरा उपमहानगरपालिकाका प्रमुख डा कृष्ण पौडेल, नागरिक समाजका महासचिव हीरालाल साह, जिल्ला समन्वय समितिका संयोजक नवलकिशोर सिंह, स्थानीय तहका प्रमुखलगायत उपस्थित थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .