ad ad

समाज


सर्पले टोक्दा चार वर्षीया बालिकाको मृत्यु

सर्पले टोक्दा चार वर्षीया बालिकाको मृत्यु

नेपालखबर
असार २, २०७६ सोमबार ३:३७,

सर्लाहीको ईश्वरपुर–१२ घारीबथानमा विषालु सर्पको टोकाईबाट एक बालिकाको मृत्यु भएको छ।

आइतबार साँझ स्थानीय सञ्जय दास कथबनियाँकी छोरी चार वर्षीया लक्ष्मी दास कथवनियाँको सर्पको टोकाईबाट मृत्यु भएको स्थानीय शिक्षक जीवन साहशंकरले जानकारी दिए।

अभिभावकले ढिलो गरी नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा लगेकाले बालिकाको मृत्यु भएको स्थानीयले बताएका छन्।

स्थानीयका अनुसार बालिकाले दिउँसो चार वजेतिरै आफूलाई सर्पले टोकेको अभिभावकलाई बताएकी थिइन्।

तर, अभिभावले बालिकाले भनेको ठाउँमा गएर हेर्दा सर्प नदेखेपछि उपचारमा हेलचेक्र्याई गरेका थिए।

पछि बालिकाको अबस्था गम्भीर हुँदै गएपछि उनलाई अस्पताल लगिएको थियो। अस्पताल नपुग्दै उनको मृत्यु भएको हो।

गर्मी बढे सँगै तराईका जिल्लामा सर्पदंशका बिरामी वढ्दै गएका छन्।

विषालु सर्पले टोकेका विरामीलाई तुरुन्तै अस्पताल नलगी झारझुकमा लाग्दा धेरैले अकालमै ज्यान गुमाउँदै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .