ad ad

समाज


न्यून चापीय रेखा नेपाल नजिकै, बढ्यो भारी वर्षाको सम्भावना

न्यून चापीय रेखा नेपाल नजिकै, बढ्यो भारी वर्षाको सम्भावना

नेपालखबर
भदौ २५, २०७६ बुधबार १:४७,

पानी पार्ने मौसमी प्रणाली मनसुनी न्यून चापीय रेखा औसत स्थानबाट केही माथि सरेर नेपाल नजिकै आएकाले आगामी तीन दिनसम्म देशभर मौसमी गतिविधि बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज (बुधबार) देखि पर्सि (शुक्रबार)सम्म देशका धेरै स्थानमा मध्यम तथा केही स्थानमा ठूलो वर्षा हुने सम्भावना छ।

महाशाखाले बुधबार बिहान जारी गरेको बुलेटिनमा भनिएको छ– मनसुनी न्यून चापीय रेखा पूर्वी भाग औसत स्थानभन्दा केही माथि (नेपाल नजिक) छ र अन्य स्थानमा आसपासमा अवस्थित छ। बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभावका कारण देशभर मौसमी गतिविधि बढिरहेको छ।’

महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भवना छ भने मध्य र पूर्वी क्षेत्रका एक/दुई स्थानमा ठूलो पानी पर्ने मौसमी संकेत देखिएको छ।

काठमाडौं उपत्यकामा पनि भारी वर्षाको सम्भावना रहेको मौसमविद् श्रेष्ठले बताए। ‘उपत्यकामा पनि दिउँसो मेघ गर्जनसहित वर्षाको सम्भावना छ, भारी वर्षा पनि हुन सक्छ,’ नेपालखबरसँग उनले भने, ‘तर उपत्यकाभर नभएर आइसुलेटेड (ठाउँ–ठाउँमा, खण्ड–खण्ड) वर्षा हुने सम्भावना छ।’

यस्तै राति पनि पूर्वदेख पश्चिमसम्मै भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले अनुमान गरेका छन्।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले भनेको छ : देशका धेरै स्थानहररूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्ययमसम्म वर्षा साथै थोरै स्थानहररूमा भारी वर्षाको सम्भावना भएकाले नदीमा आकस्मिक बहाव बढ्न सक्ने, पहाडी भूभागमा पहिरो जानसक्ने तथा सडक र हवाई यातायातमा सामान्य अवरोध आउन सक्ने हुनाले सतर्कता अपनाउनु हुन अनुरोध छ।’

आगामी तीन दिनको मौसम पूर्वानुमान
भाद्र २५ गते बुधवार
दिउँसो : देशभरि सामान्य बदली रही धेरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। देशका पूर्व र मध्य भूभागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
राति : देशभरि सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। पूर्वदेखि पश्चिमसम्मकै थोरै-थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।

भाद्र २६ गते बिहिबार
दिउँसो : देशभरि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। देशका मध्य तथा पश्चिमका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
राति : देशभरि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। पुर्व तथा मध्य भूभागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

भाद्र २७ गते शुक्रबार
दिउँसो :  देशभरि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। देशका पूर्व तथा मध्यका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
राति : देशभरि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। देशको पूर्वी तथा पश्चिमी भूभागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।#माैसम पूर्वानुमान महाशाखा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .