चीनमा हाल नर्सहरुको संख्या ४० लाखभन्दा बढी रहेको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ।
सत्तरी वर्षअघि चीनमा नर्सको संख्या मुश्किलले ३० हजार रहेको पनि आयोगको भनाई छ।
पछिल्ला वर्षमा नर्सहरुको संख्या तिब्र गतिमा वृद्धि भइरहेको छ। सन् १९४९ मा नयाँ चीन स्थापना हुँदा ३० हजार रहेको नर्सको संख्या सन् १९७८ मा चार लाख पुगेको थियो भने सन् २०१८ को अन्त्यसम्ममा ४० लाख पुगेको छ।
आयोगद्वारा शुक्रबार बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा देशका कूल स्वास्थ्यकर्मीमध्ये आधाभन्दा बढी नर्सहरु रहेको जानकारी दिइयो। रासस–सिन्ह्वा
3
Shares
प्रतिक्रिया