राजविराज नगरपालिका-६ का ३० वर्षीय अरुण मुखियाको पोखरीमा डुबेर मृत्यु भएको छ।
मादक पदार्थ सेवन गरेका मुखियाको मङ्गलबार राति घरनजिकै रहेको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।
उनले आत्महत्या गरेको हुनसक्ने अनुमान छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार मादक पदार्थमा लठ्ठिएर घर आएका उनलाई आमाले गाली गरेको रिसमा पोखरीमा हामफालेर डुबेका हुन्।
मुखिया पोखरीमा हामफालेर डुबेको उनकै २८ वर्षीया श्रीमती पुनमदेवी मुखियाले फोनमार्फत प्रहरीलाई जानकारी गराएकी थिइन्।
खोजतलास गरी बुधबार बिहान पोखरीबाट शव निकालेको प्रनाउ मिश्रले जानकारी दिए। शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ।
प्रतिक्रिया