आज (बुधबार) काठमाडौं उपत्यकासहित तराई क्षेत्रमा दिनभर मौसम सफा रहने मौसमविद्को अनुमान छ।
मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले काठमाडौं उपत्यकासहित तराई क्षेत्रमा आज घाम लाग्ने मौसमी संकेत छ।
‘आजको मौसम खराब छैन,’ नेपालखबरसँग उनले भने, ‘आज काठमाडौं उपत्यकासहित तराई क्षेत्रमा घाम लाग्छ।’
बेलुकातिर भने पहाडी क्षेत्रमा वर्षा हुने सम्भावना रहेको उनले बताए।
प्रतिक्रिया