प्रहरीले काठमाडौँको इन्द्रचोकमा सांसदको पकेट मारेर फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ।
गत साउन २६ गते काठमाडौँको इन्द्रचोकमा प्रदेश ३ कि सांसद भावना सुवेदीको झोलाबाट नगद ७३ सयसहित अन्य महत्वपूर्ण कागजात चोरी गरेको आरोपमा सर्लाहीको बरथहवा घर भई हाल काठमाडौँको मैतिदेवी बस्ने १९ वर्षीय निश्चल थिङलाई प्रहरीले पक्राउ गरेको हो।
चितवनको खैरेनी नगरपालिका घर भएकी सांसद अधिकारी काम विशेषले काठमाडौँ आएका बेला लुटिएकी थिइन्।
सांसदको झोलाभित्रबाट नगद र परिचयपत्रका साथमा अन्य कागजात लुटेर फरार रहेका थिङलाई प्रहरीले बिहीबार काठमाडौँको गौशालाबाट पक्राउ गरेको हो।
उनलाई महानगरीय प्रहरी वृत्त जनसेवाको हिरासतमा राखी अन्य अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया