विराटनगर महानगरपालिकास्थित तिनपैनी पानी ट्यांकीमा रहेको राधाकृष्ण मन्दिरबाट शनिबार निकालिएको राधाकृष्ण रथयात्रामा लुटपाट गरेको आरोपमा प्रहरीले ८४ जनालाई पक्राउ गरेको छ। पक्राउ परेका मध्ये १२ जना भारतीय छन्।
रथयात्राको क्रममा मेला भर्न आएका भक्तजनले लगाएको बहुमूल्य सुन, चाँदीका गरगहना, नगद तथा पर्स लुटिएका थिए। लुटेराहरुको साथबाट सुनको सिक्री थान ३, विभिन्न कम्पनीका मोवाईल थान २०, चाँदीको बाला थान १, जेन्स पर्स थान ४, लेडिज पर्स थान १ र नगद रू १२ हजार फेला परेको छ।
पक्राउ परेकामध्ये तत्काल ७ जनालाई आफन्तको जिम्मामा छाडिएको, बाँकी ७७ जना मध्ये १९ जनालाई चोरी, चोरी गर्ने उद्योग र अभद्र मुद्धा शिर्षकमा म्याद थप गरी अनुसन्धान भई रहेको र ५८ जनालाई आफन्तको जिम्मा लगाई छाडिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया