यो राज्यमा डेल्टा प्लस भेरियन्टबाट पहिलोपटक मानिसको ज्यान गएको हो। त्यहाँको स्वास्थ्य विभागका अनुसार मदुरई शहरमा बस्दै आएका एक जनाको मृत्यु भएको छ।
यस राज्यका स्वास्थ्य मन्त्री सुब्रमणियनले शनिबार दिएको जानकारी अनुसार त्यहाँ ३ जनामा डेल्टा प्लस भेरियन्टको संक्रमण पुष्टि भएको छ। जसध्ये एकको मृत्यु हुँदा दुई निको भइसकेका छन्।
भारतको केन्द्रिय स्वास्थ्य मन्त्रालयका अनुसार डेल्टा प्लस भेरियन्टबाट सबैभन्दा बढी महाराष्ट्र प्रभावित छ।
त्यहाँ २० व्यक्तिमा यो भेरियन्ट देखिएको जनाइएको छ। बीबीसीहिन्दी
3
Shares
प्रतिक्रिया