ad ad

समाज


उडनतस्तरीबारे बृहत अनुसन्धान गर्दा पनि अमेरिका यसबारे केही भन्न सकिरहेको छैन

उडनतस्तरीबारे बृहत अनुसन्धान गर्दा पनि अमेरिका यसबारे केही भन्न सकिरहेको छैन

नेपालखबर
असार १२, २०७८ शनिबार १०:५४,

तर पनि यो वस्तु के हो त? भन्नेबारेमा केही बताउन सकेको छैन। शुक्रवार त अमेरिकी रक्षा मन्त्रालयले एक प्रतिवेदन सार्वजनिक गर्दै उडनतस्तरीबारे व्याख्या गर्न नसकिने साथै यो के हो भनेर भन्न नसकिने जानकारी दिएको छ।

सन् २००४ यता अमेरिकी सैन्य पाइलटले यस अज्ञात उडनतस्तरी १४४ पटक देखेको घटना छन्। यद्यपी लामो समय अनुसन्धान गर्दा पनि त्यसबारे अमेरिका जानकारी संकलन गर्न सकिरहेको छैन।

ती वस्तुहरू अलौकिक हुनसक्ने सम्भावनालाई समेत प्रतिवेदनले अस्वीकार गरेको छैन।

आकाशमा अस्वभाविक लयमा वस्तुहरू देखिएका कयौँ घटनाका विवरणहरू सेनाले उल्लेख गरेसँगै अमेरिकी संसद्ले उक्त प्रतिवेदन मगाएको थियो।

पेन्टागनले गत अगस्टमा त्यस्ता गतिविधिबारे एक कार्यदल गठन गरेको थियो।

उक्त कार्यदलको काम आकाशमा देखिएका ती घटनालाई पहिचान, समीक्षा र लयबद्ध पार्नुका साथै उडनतस्तरीहरूको स्वभाव र उत्पत्तिबारे ज्ञान बढाउनु रहेको पेन्टागनले जनाएको छ।

शुक्रवारको अन्तरिम प्रतिवेदनले ती १४४ वटामध्ये अधिकांश घटना गत दुई वर्षमा देखा परेका अज्ञात खगोलीय गतिविधिबारे छन्।

यस अवधिमा अमेरिकी नौसेनाले त्यस्ता गतिविधिबारे विवरण सङ्कलन गर्ने एउटा परिष्कृत संयन्त्र बनाएको थियो।

१४३ घटनाबारे पर्याप्त जानकारीका अभाव रहेको जनाइएको छ।

मुख्य रूपमा त्यस्ता उडनतस्तरीलाई ग्रहबाहिरको गतिविधिसँग जोड्न सकिने स्पष्ट सङ्केत नभएको बताइएको छ।

तर त्यसको सम्भावनालाई अस्वीकार भने गरिएको छैन। बीबीसी

भिडिओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .