ad ad

समाज


समाचार प्रस्तोताले लाइभ कार्यक्रममै टिभी मालिकलाई भनेः हामीले पनि बाँच्नुपर्छ, खुरुक्क तलब देऊ (भिडिओ)

समाचार प्रस्तोताले लाइभ कार्यक्रममै टिभी मालिकलाई भनेः हामीले पनि बाँच्नुपर्छ, खुरुक्क तलब देऊ (भिडिओ)

नेपालखबर
असार १०, २०७८ बिहिबार ७:२७,

उनले समाचारको प्रमुख शीर्षकका बारेमा सामान्य रुपमै जानकारी दिइसकेपछि एकछिन आफ्नो टेलिभिजन प्रशासनको बारेमा आक्रामक भएर कुराकानी गरेका थिए।

उनले शनिबार राति टेलिभिजन लाइभमै केबीएन टेलिभिजनले आफू लगायतका अन्य पत्रकार तथा कर्मचारीलाई तलब नदिएको भन्दै चाँडै तलब दिन मालिकसँग आग्रह गरेका हुन्।

पत्रकार तथा समाचार प्रस्तोता काबिन्दा कालिमिनाले प्रमुख शीर्षकहरु पढेपछि क्यामेरामा हेर्दै भनेका छन्,‘समाचार भन्दा पर गएर भन्नुपर्दा महिला तथा सज्जनवृन्द हामी पनि मानव हो। हामीले बाँच्न तलब पाउनुपर्छ। तलब नपाएका सबैलाई तलब दिइनुपर्छ।’

उनले तलब दिनुपर्छ भन्दाभन्दै टेलिभिजनको प्रसारण रोकेर समाचारको ट्रेलर बजाइएको थियो। यो घटनालाई टेलिभिजनले काबिन्दाले चर्चा कमाउन गलत हर्कत गरेको प्रतिक्रिया जनाएको छ।

टेलिभिजनले उनले मदिरा पिएर मात्तिएर त्यस्तो कार्य गरेको बताएको छ। तर उनले आफ्नो फेसबुकमा आफूले मदिरा नपिएको र तलब पाउनु अधिकार भएको बताउँदै सबै मालिकसँग बोल्न डराएकाले सबैको माग उठाएको बताएका छन्।

हाल यस घटनाको भिडिओ निकै भाइरल भइरहेको छ।

(भिडिओ)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .