ad ad

समाज


यी महिलाले एकैपटक १० सन्तान जन्माएको खबर झुठो चर्चा मात्र

यी महिलाले एकैपटक १० सन्तान जन्माएको खबर झुठो चर्चा मात्र

नेपालखबर
असार १०, २०७८ बिहिबार ६:५७,

यो खबर सत्य भइदिएको भए उनी एकैपटक बढी सन्तान जमाउने विश्वकै पहिलो महिला हुने थिइन्।

तर एकैपटक १० वटा बच्चा जन्मिएको खबर झुठो दाबी मात्र भएको र त्यो खबर असत्य रहेको एउटा आधिकारिक अनुसन्धानले पत्ता लगाएको छ।

बीबीसीका अनुसार ३७ वर्षकी गोसियामे थामरा सिथोले १० वटा सन्तान जन्माएको खबर आएका थिए, उनले खाउटेङ् प्रान्तको अस्पतालमा बच्चा जन्माएको बताइएको थियो।

तर त्यहाँका कुनै पनि अस्पतालमा त्यसरी बच्चा जन्मिएको अभिलेख नरहेको प्रान्तीय सरकारले जानकारी दिएको हो।

स्वास्थ्य परीक्षणले गोसियामे थमारा सिथोले हालै गर्भवती समेत नरहेको देखाएको बताइएको छ।

ती ३७ वर्षिया महिलालाई अहिले मानसिक स्वास्थ्यसम्बन्धी कानुन अन्तर्गत निगरानीका लागि नियन्त्रणमा लिइएको छ र उनलाई सहयोग उपलब्ध गराइने भनिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .