ad ad

समाज


नेपाल प्रहरीका १६ डीआईजीको सरुवा, सीआईबीमा सिंह (सूची)

नेपाल प्रहरीका १६ डीआईजीको सरुवा, सीआईबीमा सिंह (सूची)

नेपालखबर
असार ७, २०७८ सोमबार १२:२९,

नेपाल प्रहरीका १६ जना प्रहरी नायव महानिरीक्षक डीआईजीहरुको सरुवा भएको छ।

गृहमन्त्री खगराज अधिकारीले सोमबार सबै प्रदेश प्रहरी प्रमुखसहित १६ डीआईजीको सरुवा गरेका हुन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा धिरजप्रताप सिंहलाई सरुवा गरिएको छ। उनी प्रदेश नं २ को प्रहरी प्रमुख थिए।

सीआईबीका डीआईजी सहकुलबहादुर थापालाई प्रदेश समन्वय निर्देशनालय सरुवा गरिएको छ।

यस्तै डीआईजीहरु गणेशबहादुर ऐर कर्णाली, पुरुषोत्तम कंडेल सुदुरपश्चिम, बसन्तकुमार पन्त अख्तियार, घनश्याम अर्याल विशेष ब्युरो, उत्तमराज सुवेदी रानीपोखरी, रविन्द्र धानुक कार्य एवं अपराध अनुसन्धान विभाग, बसन्तकुमार लामा महानिरीक्षकको सचिवालय, प्रकाश अधिकारी मानवश्रोत एवं प्रशासन विभाग, ईश्वरबाबु कार्की अन्वेषण योजना तथा विकास निर्देशनालयमा सरुवा भएका छन्।

काे कहाँ? 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .