कपिलवस्तु जिल्लाको बुद्धभुमि नगरपालिका ६ स्थित एक पोखरीमा नुहाउने क्रममा दुई बालिकाको ज्यान गएको छ।
डुवेर वेपत्ता भएका बालिकाको शव सशस्त्र प्रहरीले फेला पारेको छ।
सोही ठाउँ बस्ने १२ वर्षीया रिता पासी र १३ वर्षीया खुस्बु मिया पोखरीमा डुवेर बेपत्ता भएको भन्ने जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश चौरीबाट खटिएको सशस्त्र प्रहरीले उनीहरुको शव पोखरीबाट बाहिर निकालेको हो।
पोखरीमा डुबेर बालकको मृत्यु
यता, प्युठानमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा जिल्लाको झिमरुक गाउँपालिका–६ तोरवाङका बसन्त केसीका दुई वर्षीय छोरा यमन केसी रहेको प्रहरीले जनाएको छ।
घर नजिकैको पोखरीमा आज बिहान डुबेर अचेत भएका बालक यमनको प्युठान अस्पताल विजुवारमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी देवीप्रसाद गैरेले जानकारी दिए। रासस
Shares
प्रतिक्रिया