ad ad

समाज


नाबालिका छोरीमाथि जबरजस्ती करणी, अपराध खुल्ने डरले झुण्ड्याएर हत्या!

नाबालिका छोरीमाथि जबरजस्ती करणी, अपराध खुल्ने डरले झुण्ड्याएर हत्या!

नेपालखबर
असार ३, २०७८ बिहिबार ५:१०,

कैलालीमा आफ्नै छोरीको जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।

बलात्कारपछि छोरीको हत्या गरेको आरोपमा कैलालीको लम्कीचुहा नगरपालिका–२ बघनियाका ५१ वर्षीय बाबुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीले उनको नाम सार्वजनिक गरेको छैन।

१० वर्षीया छोरीलाई जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए।

गत जेठ २७ गते बालिका आफ्नै घरमा मृत फेला परेकी थिइन्। उनको मृत्यु शंकास्पद देखिएपछि शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा पठाइएको थियो। पोष्टमार्टम रिपोर्टले उनको बलात्कारपछि हत्या भएको देखाएको छ।

घटनापछि विभिन्न व्यक्तिसँग सोधपुछ तथा अनुसन्धान गर्दै जाँदा मृतकका बुवाले २७ गते आफ्नै भैँसी गोठमा लगेर जबरजस्ती करणी गरी हत्या गरको पाइएको विष्टले बताए। ‘आफ्नो अपराधको पोल खुल्ने डरले उनले बलात्कारपछि बालिकालाई झुण्ड्याएर मारेको अनुसन्धानका क्रममा खुलेको छ,’ विष्टले भने।

उनीविरुद्ध ज्यानसम्बन्धी कसुर शीर्षकमा कैलाली जिल्ला अदालतबाट म्याद लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .