दाङको तुलसीपुरमा कुलो बनाउने क्रममा विवाद हुँदा गोली चलेको छ।
कुलो बनाउने क्रममा जग्गाको विषयमा विवाद तुलसीपुर ८ का २४ वर्षीय पूर्ण वलीले गोली चलाएका हुन्।
उनले जग्गा नाप्ने अमिनमाथि गोली प्रहार गरे पनि गोली भने नलागेको तुलसीपुरका डीएसपी शिवबहादुर सिंहले जानकारी दिए।
गोली हान्ने पूर्ण गत फागुनमा भारतबाट फर्किएका हुन्।
भारतमा होटलमा काम गर्ने उनले फर्किंदा भारतबाटै पेस्तोल किनेर ल्याएको पाइएको डीएसपी सिंहले नेपालखबरलाई बताए।
अमिनलाई गोली प्रहार गरेपछि भागाभाग भएको थियो। गोली प्रहारपछि उनी पनि मोटरसाइकलमा भाग्दै गर्दा प्रहरीले पक्राउ गरेको हो।
उनलाई भगाउन सहयोग गर्ने मोटरसाइकल चालक २१ वर्षीय आकाश चौधरीलाई पनि प्रहरीले पक्राउ गरेको छ।
थप अनुसन्धान सुरु गरेको डीएसपी सिंहले बताए।
प्रतिक्रिया