साउथ चाइना मर्निङ पोस्टका अनुसार ८० वर्षकी सामिमा बेगमको अस्पतालकै सुरक्षागार्डले सर्जरी गरेपछि ज्यान गएको हो।
लाहोरस्थित अस्पतालमा सुरक्षा गार्ड मोहम्मद वाहिद बतले ढाँडमा भएको घाउको उपचारको लागि सर्जरी गरेको बताइएको छ।
लाहोर मायो अस्पतालमा एक अधिकारीले यस घटनाको विषयमा भनेका छन्,‘यो ठूलो अस्पताल भएकाले हामी प्रत्येक डाक्टरले के गर्दैछन् भनेर सँधै जानकारी राख्न सक्दैनौं।’
सुरक्षा गार्डले डाक्टरको भेषमा सर्जरी गरिरहँदा योग्य चिकित्सक पनि त्यहीँ उपस्थित भएको बताइएको छ।
सर्जरीमा गडबडी भएपछि वृद्धाको शरीरबाट रगत अनियन्त्रित भएर बगेको थियो। पछि ती व्यक्ति डाक्टर नभएर सुरक्षागार्ड भएको पत्ता लागेको थियो।
हाल यतिबेला सुरक्षागार्डलाई प्रहरीले गिरफ्तार गरेका छन्। उनीविरुद्ध अनुसन्धान भइरहेको छ।
प्रतिक्रिया