महानगरीय प्रहरी प्रभाग नागढुङगाले अबैध लागुऔषध ब्राउनसुगर सहित ४ जनालाई पक्राउ गरेको छ।
प्रहरीले बिहीबार राति ८ः३० बजे नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको ना६ख २९४१ नम्बरको यात्रुबाहक सवारी साधनलाई नागढुङगामा चेकजाँच गर्दा नेपालगञ्ज उपमहानगरपालिका–६ का रबिन थापा र सोही उपमहानगरपालिका वडा न–१३ का बिबेक बस्नेतलाई अबैध लागुऔषध ब्राउनसुगर ३२.६५ ग्राम सहित पक्राउ गरेको हो।
सोही घटनामा संलग्न बानेश्वर बस्ने नेपालगञ्जकै शशांक मल्ल र बिसाल रंजितलाई कलंकीबाट प्रहरीले पक्राउ गरेको छ।
घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया