काभ्रेपलाञ्चोकमा ६ वर्ष अघि बालिकामाथि जवर्जस्ती करणी गरेर भागेका एक ब्यक्ति पक्राउ परेका छन्।
सिन्धुपाल्चोकको वतासे गाविस– २ (साविक वडा नं ५) ठेगाना भएका निरबहादुर भन्ने रमेश थापाले काभ्रेको पोखरीचौरी गाबिस–४ की १३ वर्षीया बालिकामाथि २०७० मंसिर १६ गते जवर्जस्ती करणी गरेको प्रहरीले जनाएको छ।
आरोपी निरबहादुरले ति बालिकालाई जङ्गलको एकान्त स्थलमा लगि चक्कु देखाई ज्यानमार्ने धम्की दिई जबरजस्ती करणी गरेको आरोप छ।
उनलाई खोजतलासको क्रममा प्रहरीले बिहीबार काठमाडौंको किर्तिपुर नयाँबजारबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेको छ।
सो मुद्दामा काभ्रेपलाञ्चोक जिल्ला अदालतले पिडीतको उमेर १७/१८ वर्ष बीचमा रहेको ठहर गर्दै प्रतिवादी निर बहादुर भन्ने रमेश थापालाई ८ वर्ष कैद सजाय हुने र निज प्रतिवादीबाट पीडितलाई ५० हजार रुपैयाँ क्षेतिपूर्ति भराई दिनुपर्ने भनी मिति २०७४ वैशाख २५ गते गरेको फैसलालाई उच्च अदालत पाटनले सदर गरेको थियो।
प्रतिक्रिया