ad ad

समाज


अमेरिकी माग अस्वीकार गर्दै इरानी तेल ट्यांकर छाड्यो जिब्राल्टरले

अमेरिकी माग अस्वीकार गर्दै इरानी तेल ट्यांकर छाड्यो जिब्राल्टरले

नेपालखबर
भदौ २, २०७६ सोमबार ७:४३,

बेलायती उपनिवेश जिब्राल्टरलाई उक्त तेल ट्याँकर सुपुर्दगी गर्न अमेरिकाले अनुरोध गरेको थियो। तर जिब्राल्टरले अमेरिकी अनुरोधलाई पनि अस्वीकार गरेको छ।

म्यारिन ट्राफिकका अनुसार जिब्राल्टरको तटीय इलाकाबाट गत जुलाई ४ मा नियन्त्रणमा लिइएको इरानी सुपर–ट्याँकरलाई आइतबार साँझ छाडेको छ। उक्त ट्याँकर दक्षिणतर्फ प्रस्थान गरेको थियो।

जिब्राल्टरका सरकारी अधिकारीहरुले उक्त ट्यांकरको गन्तव्यका बारेमा आफूहरुलाई थाहा नभएको प्रतिक्रिया दिएका छन्।

जिब्राल्टरले ग्रेस १ नाम दिइएको सामुद्रिक तेल ट्याँकरलाई युरोपेली संघका प्रतिबन्धहरु उल्लंघन गरी सिरियातर्फ इन्धन लगेको आशंकामा नियन्त्रणमा लिएको थियो।

जिब्राल्टरको उक्त कदम पश्चात् बेलायत र इरानबीचको सम्बन्धमा गतिरोध आएको थियो। इरानले पटकपटक आफूले कुनै नियम उल्लंघन नगरेको दाबी गर्दै आएको थियो।

जिब्राल्टरको सर्वोच्च अदालतले गत बिहीबार तेल ट्याँकर छाड्न आदेश दिएको थियो। अदालतको आदेश लगत्तै इरानले नयाँ चालक दल जिब्राल्टर पठाएको थियो। हाल यस भिमकाय तेल ट्याँकरको नाम एड्रियन दरया राखिएको छ। यस ट्याँकरमा २१ लाख ब्यारेल तेल रहेको छ।

Image result for gibraltar tanker

शुक्रबार नै, अमेरिकी न्याय विभागले उक्त ट्याँकर नियन्त्रणमा लिन आदेश जारी गरेको थियो। अमेरिकाले उक्त ट्याँकरबाट इरानी तेल छुकिछिपी सिरियातर्फ लैजान खोजिएको आरोप लगाएको छ।

जिब्राल्टर सरकारले अमेरिकी अनुरोधलाई अस्वीकार गरेको थियो। युरोपेली संघभित्र इरानमाथिका अमेरिकी प्रतिबन्धहरु लागू नहुने जिब्राल्टर अदालतको आदेशमा उल्लेख छ।

म्यारिन ट्राफिकका अनुसार उक्त ट्यांकर ग्रिसको कालामाटातर्फ प्रस्थान गरेको छ। ट्यांकर छाड्नुअघि इरानले युरोपेली संघका प्रतिबन्ध भएका मुलुकमा इरानी ट्यांकर नपठाउने लिखित प्रतिबद्धता जिब्राल्टर सरकार समक्ष व्यक्त गरेको थियो।

एएफपीका अनुसार जिब्राल्टरको कदमको विरोधमा इरानले बेलायती ध्वजाबाहक स्टेना इम्पेरो नामको तेल ट्यांकर कब्जामा लिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .