ad ad

समाज


७ हजार ९१४ संक्रमित थपिँदा ७ हजार ६४४ जना संक्रमणमुक्त

७ हजार ९१४ संक्रमित थपिँदा ७ हजार ६४४ जना संक्रमणमुक्त

नेपालखबर
जेठ ९, २०७८ आइतबार ११:४,

गएको २४ घण्टामा नेपालमा ७ हजार ९१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

१८ हजार ९६५ जनाको पीसीआर पीक्षण गर्दा ७ हजार ५९८ र ९३१ जनामा एन्टिजेन परीक्षण गर्दा ३१६ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै, आज १९३ जनाको मृत्यु भएको छ।

आज ७ हजार ६४४ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।

हिजो ८ हजार ९८० जनामा संक्रमण पुष्टि भएको थियो भने ८ हजार ८४८ जना संक्रमण मुक्त भएका थिए। यस्तै, गएकाे बिहीबारदेखि हालसम्म ३० हजार ९४५ जना संक्रमणमुक्त भएका मन्त्रालयले जनाएकाे छ।

आज १ हजार ७२१ जना आईसीयूमा उपचाररत रहेकोमा ४२४ जना भेन्टिलेटरमा छन्।

यो अवधिमा काठमाडौंमा १ हजार ७६१, ललितपुरमा ६९४ र भक्तपुरमा ३६६ जना गरी उपत्यकामा २ हजार ८२१ जना संक्रमित थपिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .