ad ad

समाज


स्वीट्जरल्याण्डद्वारा कोरोनाविरुद्ध लड्न नेपाललाई स्वास्थ्य सामग्री सहयोग

स्वीट्जरल्याण्डद्वारा कोरोनाविरुद्ध लड्न नेपाललाई स्वास्थ्य सामग्री सहयोग

नेपालखबर
जेठ ८, २०७८ शनिबार ५:४९,

 स्वीट्जरल्याण्डले नेपाललाई कोरोना संकटविरुद्ध लड्न स्वास्थ्य सामग्री सहयोग गरेको छ।

स्वीस सरकारले सहयोग गरेका सामान लिएर आज विहान एक कार्गो विमान काठमाडौं आइपुगेको हो।

स्वीस राजदूत एलिजावेथ भोन क्यापेलरले ती स्वास्थ्य सामग्री स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा हस्तान्तरण गरिन्।

swiss help3

कुल ३० टन स्वास्थ्य सामग्री लिएर विमान नेपाल आएको थियो।

के के सामान आए

स्वीस सरकारले गरेको सहयोगमा ४० भेन्टिलेटर, अक्सीजन कन्सन्ट्रेटर, ११ लाख र्याोपीड एन्टिजेन टेष्ट किट, १ लाख १० हजार के एन ९५ मास्क, ५० हजार पन्जा र १५ हजार पीपीई सेट छन्।

swiss help4

स्वीटजरल्याण्ड कोभिड १९ विरुद्धको लडाइँमा नेपाल र नेपालीहरुसँग साथै रहेको राजदूत क्यापेलले बताइन्।

हाल पठाएको अत्यावश्यक स्वास्थ्य सामग्री नेपालमा स्वीटजरल्याण्डले अप्रिल २०२० मा सुरु गरेको कोभिड १९ विरुद्धको वृहत्तर सम्वोधनको एक भाग भएको स्वीस दूतावासले बताएको छ।

यस अन्तर्गत ७० हजार रोच पीसीआर किट र दुई वटा पीसीआर उपकरण हस्तान्तरण भैसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .