ad ad

समाज


सेभ द चिल्ड्रेनद्वारा कर्णाली सरकारलाई एक हजार तीन सय थान पीपीई हस्तान्तरण

सेभ द चिल्ड्रेनद्वारा कर्णाली सरकारलाई एक हजार तीन सय थान पीपीई हस्तान्तरण

नेपालखबर
जेठ ७, २०७८ शुक्रबार १६:०,

सेभ द चिल्ड्रेनले मध्य तथा सुदूरपश्चिम फिल्ड कार्यालय मार्फत कर्णाली प्रदेश सरकारलाई कोभिड–१९ (कोरोना भाइरस) को संक्रमण रोक्न सघाउने उद्देश्यले एक हजार तीन सय सेट व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) लगायत अन्य अत्यावश्यक स्वास्थ्य सामग्रीहरू प्रदान गरेको छ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको उपस्थितिमा उक्त सामग्रीहरू सामाजिक विकास मन्त्रालयलाई हस्तान्तरण गरीएको हो।

सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले भने, ‘महामारीको अवस्थामा नागरिकको जीवन रक्षा गर्नु सबैभन्दा महत्वपूर्ण काम हो। कोभिड १९ को रोकथाम, नियन्त्रण तथा प्रतिकार्यका लागि सेभ द चिल्ड्रेनले प्रदान गरेको सहयोगको लागि धन्यवाद दिँदै महामारी नियन्त्रणका लागि भविष्यमा समेत थप समन्वयको अपेक्षा गर्दछौँ।’

‘कोभिड–१९को संक्रमण रोक्ने र यो कठिन समयमा कर्णाली प्रदेशका बालबालिका तथा उहाँहरूका परिवारसम्म पुग्ने प्रदेश सरकारको प्रयासलाई सहयोग गर्न हामी प्रतिबद्ध छौँ’ सेभ द चिल्ड्रेन, मध्य तथा सुदूरपश्चिम फिल्ड कार्यालयका कार्यक्रम प्रबन्धक, अरुण कान्त पौडेलले भने।

सेभ द चिल्ड्रेनले ग्लोबल फण्ड अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको समन्वयमा अक्सिजन कन्सनट्रेटर, आइ.सि.यू. बेड, पिपिई लगायत विभिन्न प्रकारका आधारभूत स्वास्थ्य सामग्रीहरू लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रादेशिक स्वास्थ्य पूर्वाधार व्यवस्थापन केन्द्रलाई यस अघि नै उपलब्ध गराई सहयोग गरिसकेको छ।

सेभ द चिल्डे«न कोभिड–१९ महामारीको सुरुवाति अवस्थादेखि नै स्थानीय, प्रादेशिक तथा संघिय सरकारसँगको समन्वयमा कार्य गर्दै आइरहेको छ।

‘अक्सिजन लगायत अन्य अत्यावश्यक स्वास्थ्य सामाग्री स्वास्थ्य संस्थाहरूलाई उपलब्ध गराउनु र बालबालिका तथा उहाँहरूका परिवारले सुरक्षित रहन आवश्यक सूचना र जानकारी पाएका छन् भन्ने सुनिश्चित गर्नु अहिलेको हाम्रो मुख्य लक्ष्य रहेको छ। आउने महिनाहरूमा हामीलाई यस महामारीका कारण बालबालिकामा परेका दिर्घकालीन असर जस्तै मानसिक स्वास्थ्य, बालबालिकाको सुरक्षित शिक्षामा पहुँच आदि विषयहरूलाई सम्बोधन गर्ने उपायहरूको आवश्यकता छ’ सेभ द चिल्ड्रेनका राष्ट्रिय निर्देशक जेनिफर सइदले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .