ad ad

समाज


चक्रवातबाट बनेको प्रणाली नेपालमा थप सक्रिय, मौसमविद्ले जारी गरे विशेष बुलेटिन

चक्रवातबाट बनेको प्रणाली नेपालमा थप सक्रिय, मौसमविद्ले जारी गरे विशेष बुलेटिन

नेपालखबर
जेठ ५, २०७८ बुधबार ८:४२,

भारतको गुजरातमा अवस्थित ताउते चक्रवातबाट बनेको प्रणाली नेपालमा थप सक्रिय हुँदै गएको र यसले बाढीसमेत आउने गरी वर्षा हुने सम्भावना देखिएको भन्दै सजगताका लागि मौसमविद्ले बुधबार (आज) विशेष बुलेटिन जारी गरेका छन्।

मौसम पूर्वानुमान महाशाखाले जारी गरेको विशेष मौसम बुलेटिनअनुसार चक्रवात ताउते कमजोर हुने क्रममा आज बिहान डिप्रेसनमा परिवर्तित भई उत्तर–उत्तरपूर्व हुँदै राजस्थान, पश्चिम उत्तर प्रदेशतिर अघि बढिरहेको छ। जसको प्रत्यक्ष प्रभाव नेपालमा परिरहेको छ र यो प्रणाली बुधबार (आज) बाट थप सक्रिय भइरहेको छ। जसका कारण देशका धेरै स्थानमा मौसम सामान्यदेखि पूर्णसम्म बदली हुने सम्भावना छ।

बुधबारदेखि शुक्रबारसम्म कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानमा भारी वर्षा हुने सम्भावना छ।

महाशाखाका अनुसार आज कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश को १/२ स्थानमा र भोलि बिहीबार कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा अति भारी वर्षाको समेत सम्भावना छ।

यस्तै आज प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्म तथा १/२ स्थानमा भारी वर्षासमेत हुने सम्भावना छ।

महाशाखाले भनेको छ : यो समयमा मेघगर्जन/चट्याङरहावाहुरी र असिना-पानीको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

साथै आज दिउँसोबाट उच्च हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म हिमपात/वर्षा र कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा साथै अन्य प्रदेशका १/२ स्थानमा भारी हिमपातको समेत सम्भावना छ। यस अवधिमा उच्च हिमाली भूभागमा उच्च वेगको हावाहुरीसमेत आउने सम्भावना रहेको महाशाखाले जनाएको छ।

विशेष मौसम बुलेटिनमा अगाडि भनिएको छ : यो सक्रिय मौसमी प्रणालीका कारण खोलानालाहरूमा जलप्रवाह बढोत्तरी हुने, यातायात क्षेत्रसमेत प्रभावित हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ। साथै पर्वतारोहण नगर्न तथा नगराउन हुन अनुरोध छ।

bisesbuletin

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .