ad ad

समाज


भारतमा संक्रमितको उपचारमा खटेका ५० डाक्टरको एकैदिन कोरोनाकै कारण मृत्यु

भारतमा संक्रमितको उपचारमा खटेका ५० डाक्टरको एकैदिन कोरोनाकै कारण मृत्यु

नेपालखबर
जेठ ४, २०७८ मंगलबार १२:१३,

कोरोना भाइरसबाट संक्रमित बनेका मानिसहरुको उपचारमा खटेका डाक्टरहरुको मृत्यु भएको एनडीटीभीले जनाएको छ।

इन्डियन मेडिकल एसोसियसनका अनुसार आइतबार ५० डाक्टरको मृत्यु भएसँगै हाल भारतमा झन्डै एक हजार डाक्टरको कोरोना कहरका क्रममा मृत्यु भएको छ।

गतवर्ष ७३६ डाक्टरहरुको मृत्यु भएको थियोभने दोस्रो लहरका क्रममा यसपटक २४४ डाक्टरको ज्यान गइसकेको हो।

यसैबीच भारतमा कोरोनाको प्रभाव घट्दै गएको देखिएको छ। सोमबारदेखि भारतमा संक्रमितको मामिला ३ लाख मुनी पुगेको छ। २५ दिनपछि संक्रमित दरमा कमी आएको भारतको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

मंगलबार पनि भारतमा २ लाख ६३ हजार ५३३ कोरोना संक्रमित बने।

सोही अवधिमा त्यहाँ ४ लाख २२ हजार ४३६ कोरोनामुक्त भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ। अर्थात् भारतमा संक्रमित हुनेभन्दा दोब्बरले कोरोनामुक्त भइरहेका छन्।

यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको कुल संख्या २ करोड ५२ लाख २८ हजार पुगेको छ। कोरोनाका कारण त्यहाँ २ लाख ७८ हजारको मृत्यु भइसकेको छ।

अहिले ३३ लाख ५३ हजार सक्रिय संक्रमित रहेको भारतमा हालसम्म २ करोड १५ लाख ९६ हजार कोरोनामुक्त भएका छन्।

कोरोनाविरुद्धको खोप अभियान जारी रहेको भारतमा १८ करोड ४४ लाख ५३ हजार मानिसले खोप लगाइसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .