पोखरामा आइतबार थप एक जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ।
यो सँगै पोखराका विभिन्न अस्पतालमा उपचाररत संक्रमितको मृत्यु हुने संख्या आज १२ पुगेकोछ।
मृत्यु हुनेमा पर्वत जिल्ला फलेवास नगरपालिका -५ निवासी ६४ वर्षिय पुरुष रहेका छन् ।
उनलाई शुक्रबार कोरोना पुष्टि भएपछि उपचारका लागि संक्रामक तथा सरुवा रोग अस्पताल पोखरा ल्याइएको थियो।
पछिल्लोपटक गण्डकीमा कास्की पोखरा महानगरपालिका १७ का ५३ वर्षीय पुरुष, रुपन्देही सिद्धार्थनगर नगरपालिका ८ का ६० वर्षीय पुरुष, स्याङ्जा वालिङ नगरपालिका ३ का ४५ वर्षीय पुरुष, कास्की पोखरा महानगर ९ की ३१ वर्षीय महिला, म्याग्दी मालिका गाउँपालिका ५ का ५८ वर्षीय पुरुष, स्याङ्जा गल्याङ नगरपालिका ३ की ६० वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको निर्देशनालयले जनाएको छ।
त्यसैगरी, कास्की पोखरा महानगर २ की ५८ वर्षीया महिला, पोखरा महानगर २७ का ५२ वर्षीय पुरुष, पोखरा महानगर १९ का ५८ वर्षीय पुरुष, पोखरा महानगरपालिका १२ की ३५ वर्षीया महिला, पर्वत कुश्मा नगरपालिका १३ का ४२ वर्षीय पुरुषको मृत्यु भएको हो।
प्रतिक्रिया