नेपालमा यो हप्ता कोरोना संक्रमण फैलिने दर १२७ प्रतिशतले वृद्धि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको नियमित प्रेस ब्रिफिङका क्रममा सो जानकारी दिइएको हो।
ईपीडीमीओलोजी डा. अर्चना श्रेष्ठले अरु देशको तुलनामा नेपालमा कोरोना संक्रमणको वृद्धिदर अत्यन्तै धेरै रहेको बताइन्।
प्रदेशहरुमा पनि संक्रमण दर बढ्दै गएको डा. श्रेष्ठले जानकारी दिइन्। उनका अनुसार लुम्बिनी प्रदेशमा यस्तो वृद्धिदर ३८४ प्रतिशत छ।
‘प्रति एकलाखमा १० जना संक्रमित देखिनुलाई असामान्य रुपमा लिइन्छ’ उनले भनिन्, तर नेपालका धेरै जिल्लाहरुमा यो भन्दा बढी दरमा संक्रमण फैलिरहेको छ।’
मन्त्रालयका अनुसार आज देशभर ६६ हजार ३५२ सक्रिय संक्रिमित रहेका छन्।
आज ८ हजार ६५९ संक्रमित थपिएकोमा ५८ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ।
आज ६०० जना आईसीयूमा उपचाररत रहेकोमा १५६ जना भेन्टिलेटरमा रहेका छन्।
प्रतिक्रिया