आज (वैशाख २२ गते) देखि थप कडाइसहित काठमाडौं उपत्यकामा निषेधाज्ञाको अवधि एक हप्ता लम्ब्याइएको छ।
सुरुमा वैशाख १६ देखि आज २२ गतेसम्म निषेधाज्ञा जारी गरेका उपत्यकाका तीनै जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) ले आज राति १२ बजेदेखि वैशाख २९ गते राति १२ बजेसम्म यसको अवधि थप गरेका हुन्। सरकारको निर्णयअनुसार उनीहरूले निषेधाज्ञाको अवधि एक हप्ता थपेका हुन्।
त्यसका लागि तीनै जिल्ला प्रशासन कार्यालयले यस अवधिमा के के गर्न पाइँदैन, के के गर्न पाइन्छ भन्ने सूचना जारी गरेका छन्।
हेर्नुहोस्, थप कडाइसहित निषेधाज्ञा अवधि थप गर्दै काठमाडौं जिल्ला प्रशासन कार्यालयले जारी गरेको प्रतिबन्धात्मक आदेश : (नोट : तीनै– काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयका आदेश एकै व्यहोराका छन्)
3
Shares
प्रतिक्रिया