अमेरिकी नाकाबन्दी र कोरोना महामारीको दोहोरो मारमा छ। तैपनि क्युबा कोरोनाविरुद्धको खोप विकास गर्ने सबैभन्दा सानो मुलुक बन्ने संघारमा छ।
यतिबेला विश्वभर २७ खोप परीक्षणको अन्तिम चरणमा छन्। तीमध्ये दुई खोप क्युबाले विकास गरेको हो।
‘हाम्रो सार्वभौमसत्ता कायम राख्न हामीलाई आफ्नै खोप आवश्यक छ,’ क्युबाको फिन्ले इन्स्टिच्युटका निर्देशक डा. भिसेन्ते भेरेजले भने।
सो इन्स्टिच्युटले सभरिन २ नामक खोप विकास गरेको छ।
‘नौ महिनाअघि हामीसँग सोच मात्र थियो, अहिले तेस्रो चरणको परीक्षणमा पुगिसकेका छौँ।
यो खोप परीक्षणमा हवानाका ४४ हजार स्वयंसेवक सहभागी भएका छन्।
अर्कोतिर अब्दाला नामक खोपको तेस्रो चरणको परीक्षणमा पूर्वी सहर सान्टियागोका स्वयंसेवक सहभागी छन्।
अमेरिकाले नाकाबन्दी लगाएका कारण यो मुलुक आर्थिक संकटमा छ। क्युबाले आवश्यक स्वास्थ्य उपकरण पनि आयात गर्न पाउँदैन।
खोप विकासका लागि क्युबाका सबै अनुसन्धान टोलीले अहिले एउटै स्पेक्ट्रोमिटरले काम चलाइरहेका छन्। यो खोपको रासायनिक संरचना विश्लेषण गर्ने मेसिन हो। यो मेसिन बेलायतको माइक्रोमास नामक कम्पनीले उत्पादन गर्छ। तर, त्यसलाई अमेरिकी कम्पनीले किनेको हुनाले आवश्यक पार्टपुर्जा क्युबाले आयात गर्न पाएको छैन।
यतिबेला क्युबामा प्रतिदिन करिब १ हजार मानिस संक्रमित भइरहेका छन्।
क्युबाले यही वर्ष १० करोड सोभरिन २ खोप उत्पादन गर्ने लक्ष्य लिएको छ। गार्जियन
Shares
प्रतिक्रिया