ad ad

समाज


निषेधाज्ञाले कुनै समस्या परे मलाई सिधै फोन गर्नुस्- मेयर विद्यासुन्दर शाक्य

निषेधाज्ञाले कुनै समस्या परे मलाई सिधै फोन गर्नुस्- मेयर विद्यासुन्दर शाक्य

नेपालखबर
बैशाख १७, २०७८ शुक्रबार ४:२६,

काठमाडौँ महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले निषेधाज्ञाको अवधिमा कोरोना महामारीसँग सम्बन्धित वा अन्य कुनै समस्या परे सिधै महानगरपालिकाका जनप्रतिनिधिलाई खबर गर्न आग्रह गरेका छन्।

मेयर शाक्यले समस्यामा परेका नागरिकलाई सिधै आफूलाई अथवा उपप्रमुख वा नजिकको जनप्रतिनिधिलाई सम्पर्क गर्न आग्रह गरेका हुन्।

कोभिड रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि अपिल जारी गर्दै प्रमुख शाक्यले जनप्रतिनिधि र महामारी नियन्त्रणमा खटिने कर्मचारीको व्यक्तिगत सम्पर्कसमेत सार्वजनिक गरेका छन्।

नगरवासीमा कुनै स्वास्थ्यसम्बन्धी समस्या आएमा वा कोभिडबाहेकका बिरामीले उपचारका लागि अस्पताल जानुपर्ने भएमा हटलाइन टेलिफोन नम्बर ११८० मोबाइल नम्बर ९८४९८५६६७२, ९८४९६०५४७ र ९८४९८५६६७१ मा तथा कोभिडका बिरामीले अस्पताल जानुपर्ने भएमा निःशुल्क एम्बुलेन्स सेवा १०२ मा सम्पर्क गर्न मेयर शाक्यले आग्रह गरे।

‘सङ्क्रमण देखिनुभन्दा अघि नै हामी सबै नागरिकले सजगता अपनाउने हो भने धेरै हदसम्म यो महामारीलाई न्यूनीकरण गर्न सकिन्छ । सङ्क्रमण बढी भीडभाड हुने ठाउँमा छिटो फैलिने भएकाले सङ्घीय सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पूर्णरूपमा पालना गर्नुपर्दछ’, मेयर शाक्यले जारी गरेको अपिलमा भनिएको छ।

भीड नगर्ने, सकेसम्म बाहिर ननिस्कने, निस्कनै परे अनिवार्य मास्क प्रयोग गर्ने, नियमित साबुनपानीले हात धुने, हात धुने अवस्था नरहे स्यानिटाइजरको प्रयोग गर्नेजस्ता सरकारले तोकेका स्वास्थ्य मापदण्ड पालना गर्नु नागरिक दायित्व भएको अपिलमा उल्लेख छ।

शाक्यले अपिलमा निषेध आदेशलाई आफ्नै सुरक्षाका लागि हो भन्ने ठानेर पालना गर्न अनुरोध गरेका छन्। पूजाआजा, सामाजिक कार्यक्रम, भोजजस्ता संस्कारजन्य कार्यक्रम पनि भीडभाडका साथ नमनाइदिन अनुरोध गरिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .