जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञाको समयमा अत्यावश्यक वस्तु तथा सेवाका सवारी साधन सञ्चालनमा अवरोध नहुने स्पष्ट पारेको छ।
विहीबार सूचना प्रकाशित गरी प्रशासनले अत्यावश्यक वस्तु तथा सेवाका सवारी साधन, बिरामी तथा कुरुवा, सरकारी कार्यालय तथा सार्वजनिक संस्थान, बैंक, वित्तिय संस्था बीमालगायत नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त वित्तिय कारोबार गर्ने संस्थाका कर्मचारीहरु र एयरपोर्ट जाने आउनेको हकमा सवारी पास नचाहिने स्पष्ट पारेको छ।
ती सवारी साधन सञ्चालनमा कहिँ कतै अवरोध भए १०० र १०३ मा फोन गर्नसमेत प्रशासनले सूचित गरेको छ।
यस्तै, वैशाख १७ गतेदेखि मृत्यु संस्कार र अत्यन्तै जरुरी कार्यबाहेक सवारी पास नदिइने पनि प्रशासनले स्पष्ट पारेको छ।
प्रतिक्रिया