ad ad

समाज


ओपीएस क्विज कन्टेस्टका विजेतालाई पुरस्कार वितरण

ओपीएस क्विज कन्टेस्टका विजेतालाई पुरस्कार वितरण

नेपालखबर
साउन ३०, २०७६ बिहिबार १५:२२,

अक्सिडेन्टल पब्लिक स्कुल अनामनगर काठमाडौँले आयोजना गरेको ओपीएस इन्टर स्कुल फ्रेन्डसिप क्विज कन्टेस्ट २०७६ सम्पन्न भएको छ।

उपत्यकाका जम्मा २१ वटा विद्यालयहरुले सहभागिता जनाएको कार्यक्रममा लोक सेवा आयोगको परीक्षाको शैलीमा प्रथम पटक प्रतिस्पर्धा गराइएको थियो। उक्त छनोटमा परेका उत्कृष्ट आठ टिम बिच दोस्रो चरणको प्रतिस्पर्धा गराइएको थियो।

विद्यालयका निर्दे्रशक डी.वी. निरौलाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा. सिद्धिप्रसाद कोइराला तथा सदस्य वरिष्ठ कलाकार मदनदास श्रेष्ठको समेत उपस्थिति रहेको थियो।

हाजिरी जवाफ प्रतियोगितामा विजेता विद्यालयहरु क्रमश प्रथम वृहस्पति विद्या सदन रु २० हजार नगद, ह्विज किड्स मा.वि. दित्तीय रु १० हजार नगद, के.एम.सी मा.वि. तृतीय रु ८ हजार नगद र सान्त्वना व्राइट फ्युचर स्कुलले रु दुई हजार नगद सहित शिल्ड, ट्रफी तथा प्रमाण पत्र प्राप्त गरेका थिए।

कार्यक्रमको समापन समारोहमा विद्यार्थीहरुले स्वागत गीतका साथै नृत्य प्रस्तुत गरेका थिए।

9 3

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .