पूर्वराजा ज्ञानेन्द्र शाह दम्पती अस्पताल भर्ना भएका छन्।
भारतको कुम्भ भेलामा सहभागी भएर आएका ज्ञानेन्द्र शाह र कोमल शाहलाई कोरोना संक्रमण देखिएको थियो।
संक्रमणपछि निर्मल निवासमै आइसोलेसनमा रहेका शाह दम्पतीको स्वास्थ्यमा समस्या देखिन थालेपछि आज दिउँसो १ बजे थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो।
अस्पतालमा सहज हुने भएकाले पूर्व राजा र रानीलाई भर्ना गरिएको संवाद सचिव फणि पाठकले नेपाल खबरलाई बताए।
शाह दम्पतीलाई बैशाख ७ गते कोरोना पुष्टि भएको थियो।
प्रतिक्रिया