ad ad

समाज


भारतमा एकैदिन ३ लाखमा कोरोना संक्रमण, दुई हजारको मृत्यु

भारतमा एकैदिन ३ लाखमा कोरोना संक्रमण, दुई हजारको मृत्यु

नेपालखबर
बैशाख ८, २०७८ बुधबार ४:१,

भारतमा गएको २४ घण्टामा झन्डै ३ लाख जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। एकैदिन भारतमा २ लाख ९४ हजार २ सय ९० जनालाई संक्रमण पुष्टि भएको हो।

कोरोना संक्रमितको यो संख्या भारतमा एकैदिन पुष्टि भएको अहिलेसम्मकै सबैभन्दा बढी भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमणको कारण २ हजार २१ जनाको मृत्यु भएको छ। भारतको महाराष्ट्र, दिल्ली, गुजरात, कर्नाटका, उत्तर प्रदेशलगायत राज्यमा कोरोना तीव्र गतिमा फैलिएको छ।

भारतमा अहिलेसम्म १ करोड ५६ लाख भन्दा धेरैलाई कोरोना संक्रमण पुष्टि भएको छ। अहिलेसम्म भारतमा संक्रमणको कारण १ लाख ८२ हजार भन्दा धेरैको ज्यान गुमाइसकेका छन्।

पछिल्लो समय विश्वका देशहरुमध्ये कोरोनाको सबैभन्दा बढी संक्रमण भारतमा देखिएको छ। भारतमा अहिलेसम्म एक करोड ३२ लाख भन्दा धेरै संक्रमित निको भएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .