कोरोना संक्रमित तीव्र गतिमा बढ्न थालेपछि दिल्लीका मुख्यमन्त्रीले विज्ञहरुको सुझावमा सोमबार राति १० बजेदेखि लागू हुने गरी आगामी सोमबार बिहान ५ बजेसम्म लकडाउनको घोषणा गरेका हुन्।
पछिल्लो समय भारतमा दैनिक दुई लाखभन्दा बढीको दरले कोरोना संक्रमित थपिरहेका छन्।
त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा गएको २४ घण्टामा २ लाख ७३ हजार ८१० नयाँ संक्रमित थपिएका हुन्।
सोही अवधिमा भारतमा १६ सय १९ को मृत्यु भएको छ।
यससँगै भारतमा कुल कोरोना संक्रमितको संख्या १ करोड ५० लाख ६१ हजार ९१९ पुगेको छ। यहाँ मृत्यु हुनेको संख्या १ लाख ७८ हजार ७६९ पुगेको छ।
अहिले भारतमा १९ लाख २९ हजार ३२९ जना सक्रिय संक्रमित छन्।
प्रतिक्रिया