ad ad

समाज


अश्लिल म्यासेज पठाउने हाकिमलाई कार्यकक्षमै फोहोर पुछ्ने मोपले हिर्काइयो (भिडिओ)

अश्लिल म्यासेज पठाउने हाकिमलाई कार्यकक्षमै फोहोर पुछ्ने मोपले हिर्काइयो (भिडिओ)

नेपालखबर
बैशाख ४, २०७८ शनिबार ११:३५,

एससीएमपीका अनुसार चाओ थर भएकी महिलाले फोहोर पुछ्ने मोपले हिर्काएकी हुन्।

ती सरकारी कर्मचारीले आफूभन्दा तलका महिला कर्मचारीहरुलाई अश्लिल म्यासेजहरु पठाएका थिए।

सार्वजनिक भएको १४ मिनेटको भिडिओमा ती पुरुषले उक्त म्यासेजहरु जिस्किएर पठाएको बताएका छन्।

हेलोङजियाङ प्रान्तको बेइलिन जिल्लाको गरिबी निवारण विभागका सरकारी उच्च ओहदाका कर्मचारीले महिलामाथि अश्लिल म्यासेज गर्ने गरेका थिए।

तर चाओले भने उनको हेपाई र यौन दुर्व्यवहारको गतिविधिलाई सामान्य लिन सकिनन्। जसका कारण उनले पुरुषको कार्यकक्षमै गएर कुटपिट गरेका हुन्।

यो घटना सार्वजनिक भएसँगै ती पुरुष सरकारी अधिकारीलाई कामबाट हटाइएको छ। चीनमा सन् २०१८ देखि मिटु मुभमेन्ट सुरुवात भएको थियो।

त्यसयता महिलाहरुले आफूमाथि हुने गरेको दुर्व्यवहारको खुलेर विरोध गर्दै आएका छन्।

यसअघि सीसीटीभीका टेलिभिजन प्रस्तोता जु जुनले आफूलाई जबर्जस्ती चुम्बन गरेको चाओ सियाओसुआनले बताएकी थिइन्। यो विषय पनि बहसको विषय बनेको थियो।

(भिडिओ) 

(यो भिडिओ युट्युबमा मात्र हेर्न पाइने छ, त्यसैले ‘वाच अन युट्युबमा क्लिन गर्नुहोला)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .