सिंगापुरको स्वास्थ्य मन्त्रालयले गत जनवरी २५ मा पहिलो डोज र फेब्रुअरी १७ मा दोस्रो डोज खोप लगाएका व्यक्तिमा कोरोनाको संक्रमण पुष्टि भएको आइतबार जानकारी दिएको हो।
ती व्यक्तिमा कोरोनाका कुनै लक्षण भने थिएनन्।
‘यो घटनाले खोप लगाएका मानिसमा पनि कोरोना संक्रमण हनुसक्ने देखाउँछ’ मन्त्रालयले भनेको छ,‘तर खोप धेरै जसो लाक्षणिक रोग रोकथाम गर्न प्रभावकारी छ।’
आइतबार नै जापानमा पनि दुवै डोज खोप लगाएका एक मानिसमा कोरोना पुष्टि भएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
प्रतिक्रिया