ad ad

समाज


तीन वर्षका बालकले आफ्नै आठ महिने भाइमाथि गोली चलाएपछि...

तीन वर्षका बालकले आफ्नै आठ महिने भाइमाथि गोली चलाएपछि...

नेपालखबर
चैत २८, २०७७ शनिबार १२:८,

गोली प्रहारबाट आठ महिने शिशुको मृत्यु भएको एबीसी न्युजले जनाएको छ।

शुक्रबार घरमा राखिएको बन्दुक खेलाउने क्रममा बालकबाट अन्जानमा यो घटना हुन पुगेको हो।

ह्युस्टन प्रहरी विभागका सहायक प्रमुख वेन्डी बेमब्रिजका अनुसार शिशुको पेटमा गोली लागेको थियो। जसका कारण अत्यधिक रक्तश्राव भएको थियो।

यो घटना लगत्तै परिवारका सदस्यले गम्भीर घाइते भएका शिशुलाई अस्पताल लगेका थिए। तर उनको अस्पतालमै मृत्यु भएको हो।

घटनापछि बेमब्रिज भन्छन्,‘म सबै अभिभावकसँग यो अपिल गर्न चाहन्छु कि आफ्नो हतियारहरु बालबालिकाको पहुँचभन्दा परै राखौं। तपाइँ आफ्नो हतियार सुरक्षित राख्न विभिन्न उपाय खोज्न सक्नुहुन्छ। यो निकै दुखदायी घटना हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .