ad ad

समाज


पछिल्लो २४ घण्टामा नेपालमा २६० जनामा कोरोना पुष्टि, ११३ निको भए

पछिल्लो २४ घण्टामा नेपालमा २६० जनामा कोरोना पुष्टि, ११३ निको भए

नेपालखबर
चैत २४, २०७७ मंगलबार १०:४७,

नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा २६० कोरोना संक्रमण पुष्टि भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार २४३ पीसीआर परीक्षण गर्दा २६० जनामा कोरोना पुष्टि भएको हो।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७८ हजार ४ सय ७० पुगेको छ भने सक्रिय संक्रमितको १ हजार ९७९ रहेको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११३ जना कोरोनाबाट मुक्त भएसँगै अहिलेसम्म निको हुनेको संख्या २ लाख ७३ हजार ४ सय ५५ जनापुगेको छ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट कुनै पनि व्यक्तिको मृत्यु भएको छैन। मन्त्रालयका अनुसार नेपालमा कोरोनाबाट अहिलेसम्म ३ हजार ३६ जनाको मृत्यु भएको छ।

No photo description available.

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .