ad ad

समाज


अदालतबाट ६१ लाख जरिवाना तोकिएका फरार व्यक्ति पक्राउ

अदालतबाट ६१ लाख जरिवाना तोकिएका फरार व्यक्ति पक्राउ

नेपालखबर
चैत २३, २०७७ सोमबार ७:४४,

अदालतले ६१ लाख ५५ हजार रुपैयाँ जरिवानाको फैसला गरेका व्यक्ति पक्राउ परेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले खोटाङको विजयखर्कका बरुण ढकाललाई आइतबार पक्राउ गरेको हो।

उनीविरुद्ध उच्चअदालत पाटनले गत पुस १५ गते ५ दिन कैद र ६१ लाख ५५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो।

उनले कमलाकुमारी राई र कल्पनाकुमारी राईलाई खातामा रकम नभएको चेक दिएर ठगी गरेको भन्दै बैंकिङ्ग कसुरसम्बन्धी मुद्दा परेको थियो।

अदालतको फैसलापछि पनि उनी फरार रहँदै आएका थिए। उनलाई फैसला कार्यान्वयनको लागि सोमबार काठमाडौं जिल्ला अदालतमा पेस गरिएको सीआईबीकी प्रवक्ता एसपी गंगा पन्तले बताइन्।

उनले कमलाकुमारी राईलाई ५६ लाख १५ हजार र कल्पनाकुमारी राईलाई ५ लाख ४० हजार रुपैयाँको चेक काटी दिए पनि उनको खातामा रकम भने थिएन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .