ad ad

समाज


काठमाडौंमा भाडाको फ्ल्याटमा यौन व्यवसाय, सञ्चालक र जबर्जस्ती करणीमा संलग्न ५ जना पक्राउ

काठमाडौंमा भाडाको फ्ल्याटमा यौन व्यवसाय, सञ्चालक र जबर्जस्ती करणीमा संलग्न ५ जना पक्राउ

नेपालखबर
चैत १९, २०७७ बिहिबार ५:१२,

फ्ल्याट भाडामा लिएर यौन व्यवसाय सञ्चालन गरेको आरोपमा महानगरीय प्रहरी परिसर भक्तपुरले पाँच जनालाई पक्राउ गरेको छ।

काठमाडौंको माकलबारीका फ्ल्याट भाडामा लिएर यौन व्यवसाय सञ्चालन गर्ने र किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा तीन पुरुष र दुई युवतीलाई पक्राउ गरिएको परिसरका प्रवक्ता डिएसपी दीपक गिरीले जानकारी दिए।

पक्राउ पर्नेमा सिन्धुलीको सुनकोशी गाउँपालिका ७ घर भइ हाल काठमाडौंको गोकर्णेश्वर माकलबारी बस्ने २४ वर्षीय श्यामकुमार भट्टराई, सिन्धुली घर भइ माकलबारीमै डेरा गरी बस्ने १९ वर्षीया मसेली भनिने सुहाना तामाङ, काठमाडौंको गोकर्णेश्वर ५ जोरपाटीका ५२ वर्षीय प्रकाश ढुंगेल, नुवाकोटको सूर्यगढी गाउँपालिका ४ घर भइ हाल माकलबारी बस्ने ३१ वर्षीया मुना थापामगर र काठमाडौंको कागेश्वर मनहरा नगरपालिका १ गागलफेदी बस्ने ४७ वर्षीय कुमार सुनार छन् । सुनार किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार सुहाना तामाङ र श्यामकुमार भट्टराइले माकलबारीमा यौन व्यवसाय सञ्चालनका लागि व्यवस्थित खालको फ्ल्याट भाडामा लिएको पाएको छ। पक्राउ परेकी १९ वर्षीया सुहाना तामाङले केही दिन पहिले १६ वर्षीया किशोरीलाई कपडा पसलमा जागिर लगाइदिन्छु भनेर फकाएर गाउँबाट काठमाडौं ल्याएकी थिइन्। काठमाडौं ल्याएपछि जबर्जस्ती फ्ल्याटमा राखेर यौन व्यवसायमा लगाएपछि घटना सार्वजनिक भएको हो।

‘त्यो फ्ल्याटमा युवतीहरुलाई सामूहिक रुपमा खान, बस्न र सुत्न मिल्नेगरी व्यवस्थापन गरिएको रहेछ,’ डिएसपी गिरीले भने, ‘त्यहाँबाट विभिन्न होटलमासमेत पुर्याएर किशोरी र युवतीहरुलाई ग्राहकसँग यौन सम्पर्क गर्न बाध्य पारिएकोसमेत पाइयो।’ प्रहरीले फ्ल्याटबाट कण्डमसहितका सामान पनि बरामद गरिएको जनाएको छ।

पक्राउ परेका ढुंगेल र थापा पाथिभरा फेमिली कटेज एण्ड खाजाघर भनिने सुन्दरीजल होटलका सञ्चालक हुन् । सोही होटलमा राजकुमार सुनारले चैत १४ गते १६ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेपछि घटना सार्वजनिक भएको हो। किशोरी भागेर घर गएपछि फ्ल्याट भाडामा लिएर यौन व्यवसाय सञ्चालन भएको घटना सार्वजनिक भएको प्रहरीले जनाएको छ। किशोरीका बुवाले दिएको उजुरीको आधारमा प्रहरीले फ्ल्याटमा खानतलासी लिनुका साथै अभियुक्तहरुलाई पक्राउ गरेको हो।

पीडित किशोरीका बुवाले बुधबार प्रहरी परिसर भक्तपुरमा उजुरी दिएका थिए। त्यस लगत्तै परिसरबाट प्रहरी निरीक्षक भगवती तिमिल्सेनाको कमाण्डमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो। उनीहहरुलाई अदालतबाट सात दिनको म्याद थप गरेर कारबाही अघि बढाइएको प्रहरीे जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .